आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोबार शुरु गर्ने मिति तय

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले वैशाख २७ गतेबाट एकिकृत कारोबार शुरु गर्ने भएका छन् । मर्जर प्रक्रिया पूरा गरि ‘आईजीआई प्रुडेन्शियल इन्स्योरेन्स’को नामबाट एकिकृत कारोबार शुरु गर्न लागेको हो ।

यी दुई कम्पनीबीचको मर्जरलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।

दुई कम्पनीबीच भएको सहमतिअनुसार मर्जरपछि बन्ने कम्पनीको अध्यक्ष र सिइओ दुवै आइएमई जनरल इन्स्योरेन्सका हुनेछन् । यससँगै नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सिइओ युगेश भक्त बादे श्रेष्ठ नै बन्नेछन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ९सिनियर डिसिइओ० बन्नेछन् ।

मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनी बराबरी हैसियत अर्थात स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएसँगै कम्पनीको पुँजी बढेर ३ अर्ब नाघेको हो । जुन निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक पुँजी रहेको सिद्धार्थ प्रिमियरको तुलनामा बढी हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स