नेपाल पुनर्बीमा कम्पनीले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले आव २०७८/७९ को मुनाफाबाट कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश बाँडने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ । त्यसपछि उक्त लाभांश सेयरधनीहरूलाई वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स