महालक्ष्मी लाइफले गर्यो बोनसदर घोषणा, विमितले ५२ प्रतिशतसम्म पाउने

काठमाडौं । महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा गरेको छ । नयाँ बोनसदर अनुसार बीमितले न्यूनतम ४० देखि अधिकतम ५२ रुपैयाँसम्म बोनस पाउनेछन् । कम्पनीको आव २०७७०/७८ को आर्थिक स्थितिको लेखा जोखा र दायित्वको मूल्यांकन अनुसार नेपाल बीमा प्राधिकरणको वैशाख १५ गतेको पत्रबाट स्वीकृत गरेको हो ।

कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएको सबै किसिमका जीवन बीमालेखहरू अर्न्तगत आव २०७७/७८ का लागि तपसिल बमोजिम प्रति वर्ष प्रति हजार बीमांकमा बोनस दर निर्धारण गरिएको जनाएको छ ।

कम्पनीको आगामी बीमाकिंय मूल्यांकन नभएसम्मका लागि सोहि बमोजिम अन्तरिम बोनस दर कायम गर्ने भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स