तीन बीमा कम्पनी मिलेर बन्ने हिमालयन लाइफ अन्तिम मर्जर स्वीकृति लिन पुग्यो प्राधिकरण

काठमाडौं । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्जरबाट बन्ने हिमालयन लाइफ मर्जरको अन्तिम स्वीकृति लिन बीमा प्राधिकरण पुगेको छ । तीन वटा जीवन बीमा कम्पनीहरु मिलेर हिमालयन लाइफ बन्न लागेका छन् । यी तीनै कम्पनीहरुले बराबर स्वाप रेसियोमा मर्जर गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

तीनै कम्पनीको संयुक्त मर्जर कमिटीले हिमालयन लाइफका नामबाट कारोबार गर्ने सम्झौता माघ १ गते नै गरेका थिए । हिमालयन लाइफको अध्यक्षमा युनियनका सुलभ अग्रवाल र सीईओमा युनियन लाइफका मनोज कुमार कर्ण रहनेछन् । गुराँस लाइफका सिईओ र प्राइम लाइफका कामु सीईओ डेपुटी सीईओ बन्न्ने भएका छन् ।

तीन जीवन बीमा कम्पनीहरूले एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौतामा २०७९ वैशाख २९ गते हस्ताक्षर गरेका थिए । तीन कम्पनी मर्ज भएर बन्ने हिमालयन लाइफको चुक्ता पुँजी ७ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स