बीमा कम्पनीहरूको पुँजी थप गर्ने समय ३ महिना थपियो

काठमाडौं । बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्ने समय ३ महिना थप गर्ने निर्णय भएको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई तोकिएको पुँजी पुर्याउन ३ महिना समय थप गरिदिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

नेपाल इन्स्योरेन्सले सम्पति बेचेर पुँजी बढाउने प्रस्ताव गरेको र प्रभु इन्स्योरेन्सले विदेशी साँझेदार ल्याउन लागेकाले ३ महिना समय माग गरेका थिए । यी दुई कम्पनीले ३ महिना समय थप प्राप्त गरेपछि प्राधिकरणले अन्य कम्पनीहरूलाई पनि समय थपिदिएको हो ।

बीमा कम्पनीहरूको पुँजी पुर्याउने समयावधि ३ महिना थप गर्दै प्राधिकरण, नपुर्याउनेलाई फोर्स मर्जरमा लैजाने

‘नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सलाई ३ महिना समय थपिदिनुपर्ने भएपछि अन्य कम्पनीहरुलाई पनि सोही अनुसारको समय थपिएको हो’, प्राधिकरणका प्रवक्ता समेत रहेका पौडेलले भने । बीमा प्राधिकरणले २०७९ चैत मसान्तभित्र जीवन बीमा कम्पनीहरुले ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स