नेप्सेमा थप दुई इन्स्योरेन्स कम्पनीको साढे २५ लाखकित्ता बढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई इन्स्योरेन्स कम्पनीको साढे २५ लाखकित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।

मंगलबार, सगरमाथा इन्स्येरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको गरि कुल २५ लाख ७१ हजार ३४४.४६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

जसअनुसार, सगरमाथा इन्स्येरेन्सको १२.४० प्रतिशत दरका १६ लाख ५३ हजार ६९९.९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको ६.९९ प्रतिशत दरका ९ लाख १७ हजार ६४४.५० कित्ता बोनस सेयर सूचीकृत भएको छ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स