नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको चैत्र ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेृयर र कर प्रयोजनको लागि समेत गरि ६.५ प्रतिशत नगद लाभांश गरी कुल १४.५० प्रतिशत लाभांश घोषणा गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार रहेको छ । कम्पनीले हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार रहेको छ।

उक्त लाभांश बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स