हिमालयन एभरेष्ट बैंकको साधारणसभा सम्पन्न, २० करोड पुँजी पुर्याउने उपाय खोजिदै

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले २९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साउन १ गतेदेखि एकीकृत कारोबार सुर गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले मर्जरपछि यो साधारण सभा गरेको हो ।

९ महिनाअघि मर्जरमा गएको कम्पनीले निर्विरोध रुपमा सञ्चालक समितिको चयन गरेको छ । सर्वसाधारण सेयरधनीको तर्फबाट अजय रत्न स्थापित र हेम राज थापालाई सञ्चालकमा छनोट भएका छन् । संस्थापक सेयरधनीमा महेन्द्र कृष्ण श्रेष्ठ, विजित कृष्ण श्रेष्ठ र भारती पाण्डे चयन भएका छन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयर लगानीकर्तालाई चुक्ता पुँजीको २.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धिको व्यवस्था गरेसँगै बीमा कम्पनीहरुले मर्जरको बाटो समाएका थिए । उक्त मर्जरपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । बीमा प्राधिकरणको नियम अनुसार पुँजी पुर्याउन कम्पनीले अझै पुँजी थप गर्नुपर्ने देखिएको छ । २० करोड रुपैयाँ पुँजी थप गरि २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन कम्पनीलाई चुनौती थपिएको छ । कम्पनीले सो पुँजी पुर्याउन उपायहरूको खोजी गरिरहेको छ ।

साधारणसभाले चालु आव २०७०/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक सेयरधनीहरूबाट प्रतिनिधित्व गर्ने तीन जना र सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सेयरधनीहरू निर्वाचित गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभाले गत आव २०७८।०७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स