गार्डियन माइक्रो नेपाल माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई वटा बीमा कम्पनीलाई लाईसेन्स दिने निर्णय गरेको छ । लघुबीमाको लागि सात वटा कम्पनीको आवेदन परेको थियो सो मध्ये २ बीमा कम्पनीलाई लघुबीमाको लाइसेन्स दिने निर्णय प्राधिकरणले गरेको हो ।
आइतबार बसेको नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको बैठकले विराटनगर कार्यालय रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी र भरतपुर चितवनमा कार्यालय रहने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

यी दुबै कम्पनीका मुख्य लगानीकर्ता दिपक भट्ट र शंकर ग्रुपका साहिल र सुलभ अग्रवालहरू रहेका हुन् । गार्डियन माइक्रो लाइफको अध्यक्ष पूर्व प्रहरी विज्ञानराज शर्मा छन् भने नेपाल माइक्रोको अध्यक्षमा नेपाल उद्योग बाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा छिन् । गार्डियनले चिरायु भण्डारीलाई सीईओ प्रस्ताव गरेको छ ।

लघु बीमा कम्पनी स्थापनाका लागि आवश्यक पर्ने पुँजी जुटाएर पूर्वाधार तयार गरेपछि यी दुई कम्पनीले लाइसेन्स प्राप्त गरेका हुन् । आगामी ६ महिनाभित्र सेवा आरम्भ गरिसक्नुपर्ने शर्त लाइसेन्स दिँदा राखिएको छ ।

प्राधिकरणले ७५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गरि लघु जीवन बीमाको लाइसेन्स आव्हान गरेको थियो । जसमध्ये जीवन र निर्जीवन गरि सात वटा कम्पनीलाई आसय पत्र(एलओआई) दिने निर्णय गरिसकेको थियो । सोही आसय पत्रपछि पुँजी र पूर्वाधार तयार पारेका दुई कम्पनीले लाइसेन्स प्राप्त गरेका हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स