फागुन महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे १० अर्ब ३६ करोड, अर्बभन्दा माथि व्यवसाय गर्नेमा ३ कम्पनीमात्रै

काठमाडौं । देशमा सञ्चालित जीवन बीमा कम्पनीहरूले फागुन महिनामात्रै १० अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो चौमास अर्थात फागुन महिनासम्म सो बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमा कम्पनीहरूले साउनदेखि फागुन महिनासम्म गरेको व्यवसायमध्ये ८ अर्ब २६ करोड रुपैयाँ पोलिसी नवीकरण शुल्क हो भने २ अर्ब ९ करोड प्रथम बीमा शुल्क भएको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ । कम्पनीहरूले फागुन महिनामा ९ लाख ८० हजार ५६० बीमा लेख जारी गरेर सो शुल्क आर्जन गरेका हुन् ।

जीवन बीमा कम्पनीहरूले चालु आवको फागुन महिनासम्म कुल ९३ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो शुल्कमध्ये ७५ अर्ब २० करोड २१ लाख रुपैयाँ पोलिसी नवीकरण शुल्क हो भने १८ अर्ब ५५ करोड १६ लाख प्रथम बीमा शुल्क हो ।

बीमा व्यवसायमा अग्रता लिदै आएको नेपाल लाइफलाई फागुन महिनामा पनि बीमा शुल्क आर्जन गर्ने अर्थात व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स नै पहिलो कम्पनी बनेको छ । नेपाल लाइफले २ अर्ब ७३ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले फागुन महिनामा ४४ करोड ६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ भने २ अर्ब २९ करोड ११ लाख रुपैयाँ नवीकरण शुल्क आर्जन गरेको हो । फागुन महिनासम्म उक्त बीमा कम्पनीको व्यवसाय प्रथम र नवीकरण शुल्कसहित ११ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेश नेपालले फागुन महिनामा १४ करोड १ लाख रुपैयाँ प्रथम शुल्क र १ अर्ब १३ करोड १५ लाख नवीकरण शुल्क गरी १ अर्ब २७ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

बढि बीमा व्यवसाय गर्नेको तेस्रो स्थानमा परेको नेशनल लाइफ इन्स्योरेन्सले ३२ करोड ५५ लाख रुपैयाँ प्रथम शुल्क आर्जन गरेको छ भने ८१ करोड ३२ लाख रुपैयाँ नवीकरण शुल्क गरी कुल १ अर्ब २३ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफले फागुन महिनामा ३२ करोड ५५ लाख प्रथम शुल्क र ९१ लाख ३२ हजार नवीकरण शुल्क आर्जन गरेको छ ।

त्यसरी नै सबैभन्दा कम बीमा शुल्क आर्जन गर्ने जीवन बीमा कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । कम्पनीले चालु आवको फागनु महिनामा २ करोड ७४ लाख रुपैयाँ प्रथम बीमा शुल्क र ९ करोड ४८ लाख रुपैयाँ नवीकरण शुल्क गरी १२ करोड २३ लाख रुपैयाँ बीमा व्यवसाय गरेको छ ।

सानीमा लाइफ इन्स्योरेन्सले पनि अन्य कम्पनीभन्दा कम व्यवसाय गरेको तथ्यांक प्राधिकरणले सार्वजनिक गरेको छ । प्राधिकरणको तथ्यांक अनुसार सानिमा लाइफ इन्स्योरेन्सुले चालु आवको फागुन महिनामा मात्रै ३ करोड १९ लाख रुपैयाँ प्रथम बीमा शुल्क र १४ करोड १८ लाख नवीकरण शुल्क गरी जम्मा १७ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कम बीमा शुल्क आर्जन गर्नेको तेस्रो स्थानमा परेको प्रभु लाइफ इन्स्योरेन्सले ५ करोड १ लाख रुपैयाँ प्रथम बीमा शुल्क र १२ करोड ५८ लाख रुपैयाँ नवीकरण शुल्क गरी कुल १७ करोड ६० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरको छ ।

त्यसरी नै सूर्य ज्योति लाइफले ६५ करोड १२ लाख, युनियन लाइफले ६३ करोड ३८ लाख , राष्ट्रिय बीमा संस्थानले २५ करोड ५९ लाख, मेट लाइफले ४८ करोड ७३ लाख, एशियन लाइफले ४८ करोड १६ लाख, सिटिजनले ४३ करोड २५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्राइम लाइफले ३३ करोड ४८ लाख, आईएमई लाइफले ३० करोड २४ लाख, सन नेपालले २९ करोड ३९ लाख, रिलायन्सले २८ करोड ७० लाख, गुराँस लाइफले २१ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/04/Monthly-Life-Insurane-Business_Falgun2079_B.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स