फागुन एक महिनामै भयो १ अर्ब ८ करोडको बीमा सरेण्डर (कसको कति ?)

काठमाडौं । फागनु महिना बीमा पोलिसी त्याग्नेको संख्या र रकम रकम दुबै घटेको छ । फागुन महिनामा १ अर्ब ८ करोड २६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको हो । फागुन महिनामा ८ हजार ९३९ जना बीमितले सो मूल्य बराबरको बीमा पोलिसी त्यागेको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

माघ महिनामा ९ हजार ८३९ जनाबाट १ अर्ब ३२ करोड ७७ लाख ६३ रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर (समर्पण) भएको थियो । माघ महिनाको तुलनामा फागुनमा बीमा पोलिसी त्याग्नेको संख्या र सरेण्डर रकम दुबै कम भएको हो ।

बीमा पोलिसी त्याग्नेको संख्या बढ्नुका प्रमुख कारण आर्थिक मन्दी वा आर्थिक गतिविधि कम हुँदा मानिसको आयस्रोत घट्नु हो । अहिले अर्थतन्त्रमा समस्या आएका कारण मानिसको आयस्रोत दिनप्रतिदिन खुम्चिदै गएको छ । सो कारणले पनि बीमा पोलिसी त्याग्नेको संख्या र रकम बढेको बीमा प्राधिकरणले जनाएको छ ।

फागुन महिनामा सबैभन्दा बढी पोलिसी सरेण्डर नेपाल लाइफका बीमितले गरेका छन् । फागुन महिनामा नेपाल लाइफका २ हजार ५७६ बीमितले ३४ करोड २० लाख ६३ हजार रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् । अन्य बीमा कम्पनीको भन्दा नेपाल लाइफको व्यवसाय बढी भएकोले पोलिसी त्याग्नेको संख्या पनि बढी देखिएको हो ।

बीमा पोलिसी बढी त्याग्ने कम्पनीको दोस्रो नम्बरमा राष्ट्रिय बीमा संस्थान परेपनि रकमको हिसावले भने दोस्रोमालाइफ इन्स्योरेनस कर्पोरेशा परेको छ । राष्ट्रिय बीमा संस्थानका २ हजार १५३ बीमितले १४करोड ४१ लाख ७४ हजार रुपैयाँ बराबरको पोलिसी त्याग गरेका छन् । लाइफ इन्स्यारेन्स नेपाल १ हजार ४१ पोलिसी त्याग हुँदा १५ करोड ७३ लाख ६८ हजार रुपैयाँ बराबरको सेरेण्डर भएको हो ।

फागुन महिनामा नेशनल लाईफ इन्स्योरेन्सका ३९२ जनाले पोलिसी त्याग गरेका छन् । सो पोलिसी त्याग हुँदा ७ करोड ६७ लाख १४ हजार रुपैयाँ रकम सरेण्डर भएको छ । एशियन लाइफ इन्स्योरेन्सको ६३६ पोलिसी त्याग हुँदा ७ करोड २५ लाख ८८ हजार रुपैयाँ रकम सरेण्डर भएको छ ।

त्यसरी नै प्राइम लाइफको ३६२, गुराँस लाइफको २६०, मेट लाइफको ३४२ पोलिसी सरेण्डर गरेको छ भने रिलायबल लाइफको ११४ र रिलायन्स लाइफका बीमितले ११२ पोलिसी सरेण्डर गरेका छन् । आईएमई लाइफको ८१ पोलिसी सरेण्डर हुँदा युनियन लाइफको ३९ पोलिसी सरेण्डर भएको छ ।

सानिमा लाइफको ४८, प्रभु लाइफको ४७ र सन नेपाल लाइफको ४० पोलिसी सरेण्डर हुँदा महालक्ष्मी लाइफको ३६ वटा पोलिसी सरेण्डर भएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/04/Surrender-Falgun2079.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स