गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ । कम्पनीले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।

जसअनुसार, कम्पनीको १३.२७१२ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन गरेको छ । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम कम्पनीको सेयरमूल्य ४१८.५० रुपैयाँका आधारमा नेप्सेले १३.२७१२ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ३६९.४७ रुपैयाँ कायम गरेको छ ।

योसँगै, अब भोलि सोही मूल्यकै आधारमा कम्पनीको कारोबार खुल्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स