एसियन लाइफ इन्स्योरेन्स हेटौंडा शाखाद्वारा बालबालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५औं वार्षिकोत्वसको अवसरमा ३२ जना बालबालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।

कम्पनीको हेटौंडा शाखाले १५औं बर्ष पुरा गरेको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत हेटौडा-०५, मकवानपुरस्थित हाम्रो घर बाल गृहमा आश्रित बालबालिकाहरुलाई स्टेसनरी सामाग्री वितरण गरेको हो ।

कम्पनीले बाबु आमा नभएका अनाथ बालबालिकाहरुलाई उनीहरुको शिक्षामा सहयोग होस् भन्ने हेतुले उक्त स्टेशनगरी वितरण प्रदान गरेको हो ।

एसियन लाइफ इन्स्योरेन्सबाट गरिएको सो सहयोगले आश्रित बालबालिकाको शिक्षामा सहयोग पुग्ने बताउँदै उक्त सहयोगबाट खुसि लागेको धारणा हाम्रो घर बाल गृहको संचालिका इन्दिरा डल्लाकोटिले बताइन् ।

कार्यक्रममा हेटौडा शाखाका शाखा प्रबन्धक हिरालाल श्रेष्ठ साथै सहायक शाखा प्रबन्धक शर्मिला बलामी सहित कर्मचारी टिम र एजेन्सी टिमका साथै बाल गृहमा आश्रित बालबालिका गरि करिब ६० जनाको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स