एशियन लाईफ इन्स्योरेन्स सोह्रौं वर्षमा प्रवेश, देशभर संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध कार्यक्रमहरु आयोजना

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले स्थापनाको पन्ध्रौं वर्ष पुरा गरी सोह्रौं वर्षमा प्रवेश गरेको छ । २०६४ चैत २१ गतेबाट कारोबार शुरु गरेको कम्पनी आजबाट सोह्रौं वर्षमा प्रवेश गरेको हो ।

यो अवसरमा कम्पनीले चैत १५ गतेदेखि चैत २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध कार्यक्रमहरु आयोजना गरेको छ ।

वार्षिकोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नारालाई आत्मसाथ गर्दै चैत २१ गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा कम्पनीको प्रधान कार्यालयका साथै काठमाडौं उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारी तथा सर्वसाधारण समेत ४६ जनाले रक्तदान गरेका छन् ।

साथै, देशभरका ६१ वटा शाखा,उपशाखा कार्यालयहरुमार्फत् स्थानीय मठ मन्दिर, आश्रम, विद्यालय तथा अनाथालयमा शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर सामाग्री वितरण गरिएको छ ।

यो अवसरमा प्रधान कार्यालयमा आयोजित आदान प्रदान कार्यक्रममा कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एशियन लाईफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा पन्ध्र वर्षदेखि निरन्तर सहयोग पुर्याउँदै आएका सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । उनले जीवन उत्कृष्ट बीमा सेवा प्रवाह गर्दै बीमित र सेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्नका लागी कम्पनी प्रतिवद्ध रहेको व्यक्त गरे ।

यस कम्पनीको चालू आर्थिक वर्ष २०७९/८० को फागुनसम्ममा जीवन बीमाकोष ३५ अर्ब ६० करोड रुपैयाँ र कूल बीमाशुल्क ४० अर्ब ८५ करोड रुपैयाँ रहेको छ । कूल लगानी ३९ अर्ब ८ करोड रुपैयाँ छ । यसैगरी चालू आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा कूल बीमाशुल्क ४ अर्ब ५५ करोड रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीमा ६ लाख ११ हजार सकृय बीमालेख छन् । २ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले गत आव २०७८/७९ को संचित नाफाबाट ८.९४७ प्रतिशत बोनस सेयर प्रस्ताव गरिएको छ । नियामक नेपाल बीमा प्राधिकरणबाट प्रस्तावित बोनश स्वीकृत भइसकेकाले निकट भविष्यमा नै आ।व। २०७८/७९ को साधारण सभा समेत आयोजना गरिने कम्पनीले जनाएको ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स