एनएलजी इन्स्योरेन्सको १७औं वार्षिक साधारण सम्पन्न

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सम्पन्न भएको छ । सोमबार कम्पनीको सभा आम्रपाली ब्याङ्क्वेट, बालुवाटारमा सम्पन्न भएको हो ।

सभा इन्स्योरेन्सका अध्यक्ष बिमल प्रसाद वाग्लेको प्रमुख अध्यक्षतामा सम्पन्न भएको हो ।

सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कायम चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै कम्पनीको हाल एक अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ चुक्ता पुँजी रहेकोमा बोनस सेयर वितरणसँगै कूल चुक्ता पुँजी एक अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९१ पुग्नेछ ।

साथै साधारणसभामा आव २०७८/७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरि पारित गरिएको छ । साथै कम्पनीले हालको अधिकृत पुँजी संरचनालाई एक अर्ब ५० करोडबाट वृद्धि गरी एक तीन अर्ब पुर्याउने विशेष प्रस्ताव आगामी साधारणसभाबाट पारित गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत्र १३ गते नै बुक क्लोज गरिसकेको थियो । चैत्र १२ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्रै साधारणसभामा भाग लिई १० प्रतिशत बोनस सेयर प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स