अजोड र युनाइटेड इन्स्योरेन्सबीच मर्जरको लागि अन्तिम सम्झौतामा हस्ताक्षर, स्वाप रेसियो कति ?

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सबीच मर्जरको लागि अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ । चैत्र १६ गते बिहिबार साँझ अन्तिम सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा युनाइटेड इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रवि भक्त श्रेष्ठ र अजोड इन्स्योरेन्सको तर्फबाट अध्यक्ष आजाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार मर्जर पश्चात युनाइटेड र अजोड बीच स्वाप रेसियो १००ः८२.५० हुने सहमति भएको छ । यस्तै मर्जर पछि बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स हुनेछ ।

अन्तिम सम्झौतामा हस्ताक्षर भएसँगै दुवै कम्पनीले विशेष साधारणसभा बोलाएर मर्जर प्रस्ताव पारित गर्ने बाटो खुलेको छ ।

प्रभु इन्स्योरेन्ससँग मर्जर सम्झौता तोडेपछि अजोड इन्स्योरेन्स कम्पनीले युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्बन्धी सम्झौता गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स