काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको सिईओमा चंकी क्षेत्री नियुक्त भएका छन्। सोमबार नेपाल बीमा प्राधिकरणले सिईओ नियुक्तको लागि स्वीकृती दिएसँगै उनी सिईओमा नियुक्त भएका हुन् ।
उनले कार्यकाल चार वर्षको हुनेछ । क्षेत्रीले तलब भत्ता सहित वार्षिक एक करोड २० लाख प्राप्त गर्नेछन् ।सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भएर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी बनेको हो ।
नयाँ नियुक्तिसँग अब फेरि ४ वर्ष उनले सगरमाथामा सीइओको भूमिका निर्वाह गर्ने भएका छन् । उनीसँग बीमा क्षेत्रमा २ दशक भन्दाबढी समयको अनुभव छ । सगरमाथा इन्स्योरेन्स कम्पनीमा आउनु पूर्व क्षेत्रीले ओरेन्टल इन्स्योेरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा कार्य अनुभव संगालेका छन् ।