गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, न्यूनतम २० देखि अधिकतम ७६ रूपैयाँसम्म बोनस पाउने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७७/७८ को लागि नयाँ बोनसदर घोषणा गरेको हो ।

कम्पनीले आव २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार २० रुपैयाँदेखि अधिकतम ७६ रूपैयाँसम्म बोनस पाउनेछन् ।

१.सावधिक जीवन बीमालेख

कम्पनीले यस बीमालेख अन्तर्गत न्युनतम ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४९ रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७६ रुपैयाँ कायम भएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको १७ हजार ४ सय ४० वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

२. गुराँस बाल सुरक्षा र गुराँस नौलो बालसुरक्षा सावाधिक जीवन बीमा योजना
कम्पनीले यस बीमालेख अन्तर्गत न्यूनतम ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४९ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ७६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको २४ हजार २ सय ८५ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

३. सावधिक तथा आजीवन बीमा योजना
कम्पनीले यस बीमालेख अन्तर्गत प्रतिहजार न्यूतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा कम्पनीले ९ वर्ष अवधिको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख सबैभन्दा धेरै ५ हजार ८ सय ४७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

४. अग्रिम भुक्तानी सावधिक
कम्पनीले यस बीमालेख अन्तर्गत न्यूनतम ३६ रुपैयाँदेखि ४८ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा कम्पनीले कम्पनीले १४ वर्ष अवधिको लागि प्रति हजार ३६ रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४८ रुपैयाँ र कम्पनीले २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार कुनै पनि रुपैयाँ बोनसदर कायम गरेको छैन् । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ४ हजार ६८९ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

५. वार्षिक नगद फिर्ता
कम्पनीले यस योजनामा १४ वर्ष अवधिको लागि ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४३ रुपैयाँ बोनसदर कायम गरेको छ । यस अवधिको २० देखि २४ वर्ष अवधिको योजना बढी बिक्री भएको पाइन्छ । यस योजना ६ हजार ९ सय ८८ वटा बिक्री भएको छ । यस पोलिसीमा बीमितहरुले ४३ रुपैयाँ बोनस पाउनेछन् ।

६. गुराँस सुरक्षित भविष्य जीवन बीमा योजना
कम्पनीले यस योजनामा न्यूनतमा २० रुपैयाँदेखि अधिकतम ३७ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । जसअन्तर्गत कम्पनीले १४ वर्ष अवधिको लागि प्रति हजार २० रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार २५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको लागि प्रति हजार ३१ रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ३७ रुपैयाँ बोनसर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ३ सय ३४ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार २५ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

७. ३० वर्षै जीवन रक्षक (सिमित भुक्तानी) गुराँस सावधिक लघु जीवन बीमा र गुराँस कर्पोरेट जीवन बीमा योजना
कम्पनीले यस योजना अन्तर्गत न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसअन्तर्गत कम्पनीले १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ । यस बीमा योजनामा सबैभन्दा धेरै १५ देखि १९ वर्षको योजना विक्री भएको छ । कम्पनीको यस योजना १७४ वटा विक्री भएको छ । जसमा बीमितहरुले ३७ रुपैयाँ बोनस पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स