नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुई इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको भोलि बिहीबारबाट सेयर कारोबार रोक्का गरिदिएको हो।

सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भोलि (चैत ९) गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् ।

यी दुवै कम्पनीबीच एक आपसमा गाभ्ने/गाभिने वा मर्जरमा जाने सहमति भई भोलिदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

सानिमा लाइफको चैत ५ गते र रिलायन्स लाइफको चैत ६ गते बसेको संयुक्त मर्जर समितिको बैठकको निर्णय र नेपाल बीमा प्राधिकरणको स्वीकृति बमोजिम चैत ९ गतेदेखि ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड’ को नामबाट, रजिष्टार्थ कार्यालय का.म.ना.पा १० नयाँ बानेश्वरमा रहने गरी एकीकृत कारोबार संचालन गर्न लागेको हो ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/03/sanima-n-reliance.pdf” cache=”off”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स