काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सिईओमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । सोमबार नेपाल बीमा प्राधिकरणले कम्पनी सञ्चालक समितिको निर्णयलाई स्वीकृत गरेसँगै वैदवार सिईओ बनेका हुन् ।
मर्जर अघि वैदवार सिद्धार्थ इन्स्योरेन्सको सिईओ थिए ।
एकीकृत कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठ चयन भइसकेका छन् ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गरेको थियो ।