काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले चैत्र ५ गते प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको हो ।
कम्पनीले सेयरको अंकित मूल्य १०० रुपैयाँमा १९० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २९० रुपैयाँमा सेयर निष्कासनको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि प्रस्ताव गरेको छ। कम्पनीले प्रति कित्ता २९० रुपैयाँमा सेयर निष्कासन गर्दा ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ संकलन गर्ने छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
योसँगै, बोर्डले अनुमति प्रदान गरेमा कम्पनीलाई आईपीओ निष्कासनको लागि बाटो खुल्ने छ ।