करिब २२ लाख बीमाशुल्क उठाएर स्वास्थ्य बीमा बोर्डका कर्मचारी फरार

काठमाडौं । सर्वसाधारणबाट २२ लाख रुपैयाँ प्रिमियम संकलन गरेर स्वास्थ्य बीमा बोर्डका कर्मचारी फरार भएका छन् । बोर्डले फागुन २९ गते एक सूचना जारी गर्दै सि.अ.हे.व छैठौं तहका मोहम्मद फिरोज अली फरार भएको जनाएको हो ।

उदयपुर जिल्ला सम्पर्क कार्यालयमा कार्यरत अली पुस ११ गते देखि कुनै सूचना तथा जानकारी बिनानै कार्यायलमा अनुपस्थित भएको र पटक पटक सम्पर्क गर्दा समेत सम्पर्कबिहिन भएको बोर्डले जनाएको छ ।

यस्तै अलीले दर्ता सहयोगीहरू मार्फत बीमितबाट संकलन गरेको २१ लाख ८५ हजार १५० रुपैयाँ बीमा शुल्क आफ्नो व्यक्तिगत खातामा जम्मा गरेर बोर्डमा नबुझाएको बोर्डले आरोप लगाएको छ ।

बोर्डले अलीलाई चैत ५ गते भित्र अपचलन गरेको रकम बैंक दाखिला गरेको प्रमाण सहित उपस्थित भई स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स