आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, माग्यो बार्डको अनुमति

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन २८ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्कासनको अनुमति माग गर्दे आवेदन दिएको छ।

कम्पनीले सेयरको अंकित मूल्य १०० रुपैयाँमा १७६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २७६ रुपैयाँमा सेयर निष्कासनको लागि अनुमति माग गरेको हो ।

कम्पनीले १ करोड २० लाख कित्ता सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रति कित्ता २७६ रुपैयाँमा सेयर निष्कासन गर्दा ३ अर्ब ३१ करोड २० लाख रुपैयाँ संकलन गर्ने छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

योसँगै, सेबोनले अनुमति प्रदान गरेमा कम्पनीलाई आईपीओ निष्कासनको लागि बाटो खुल्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स