उधारो पोलिसी बेचेको भन्दै बीमा प्राधिकरणले गर्यो दुई बीमा कम्पनीलाई कारवाही, २/२ लाख जरिवाना तिर्नुपर्ने

काठमाडौं । उधारो बीमा गर्ने दूई बीमा कम्पनीलाई नेपाल बीमा प्राधिकरणले कारवाही गरेको छ । प्राधिकरणले प्रूडेन्सियल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सलाई २/२ लाख रुपैयाँ जरिवाना गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘यी कम्पनीहरूले उधारो बीमा गरेकोले प्राधिकरणले फागुन २६ गते शुक्रबार कारवाही गरेको हो,’ उनले भने ‘प्राधिकरणद्वारा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बीमा कम्पनीहरूमा गरिएको स्थलगत सुपरिवेक्षणमा यी कम्पनीहरूले उधारो बीमा लेख बिक्री गरेको भेटिएको छ । ‘उधारो बीमा गर्न नपाउने कानुनी व्यवस्था भएपनि कम्पनीहरूले अटेर गरेका कारण कारवाही गरेका हौं।’

प्राधिकरणले २ वर्षअघि नै प्रष्ट रूपमा उधारो बीमा लेख बिक्री गर्न नपाउने व्यवस्था गरिसकेको छ । कम्पनीहरूले भने प्राधिकरणको निर्देशन विपरित व्यवसाय गरेको पुष्टि भएपछि कारवाहीको प्रकृया अघि बढाएको हो

‘यी दुई कम्पनीले जस्तै अन्य कम्पनीहरूमा पनि केही मात्रामा उधारो बीमा बीमा पोलिसी जारी गरेको देखिएको छ । तर, ती कम्पनीहरूले नियतवस गरेको देखिएन, कारवाहीमा परेका कम्पनीहरूले भने व्यवसायलाई नै प्रभाव पर्ने मनासयले उधारोमा बीमा लेख बिक्री गरेको पाइएपछि शुक्रबार पत्रपठाएका छौं, यी कम्पनीहरूले २/२ लाख रुपैयाँ नगद जरिवाना तिर्नु पर्छ,’ कार्यकारी निर्देशक पौडेलले भने ।

प्राधिकरणले बीमा कम्पनीहरूको हरेक काम कारवाहीको स्थलगत सुपरिवेक्षण गरिरहेको हुन्छ । यहि क्रममा उधारो बीमा गरेको भेटाएको हो । यदि कुनै कम्पनीले उधारो बीमा पोलिसी बिक्री गरेको पाइएमा हर्जना तिराउनेदेखि शाखा विस्तारमा रोक, कारोबार रोक्का, पोटफोलियो रोकिन सक्नुका साथै लाभांश वितरणमा समेत रोक्का गर्न सक्ने अधिकार प्राधिकरणसँग निहित छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स