फेरि बढे बीमा पोलिसी त्याग्ने, माघमा १ अर्ब ३२ करोड रुपैयाँको सरेण्डर

काठमाडौं । माघ महिना बीमा पोलिसी त्याग्नेको संख्या र रकम अझ बढेको छ । माघ महिनामा बीमा पोलिसी त्याग्नेको संख्या र सरेण्डर रकम दुबै बढेको हो । उक्त महिनामा ९ हजार ८३९ जनाबाट १ अर्ब ३२ करोड ७७ लाख ६३ रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर (समर्पण) भएको बीमा प्राधिकरणको तथ्यांक छ । पुस महिनामा ८७ करोड ४३ लाख रुपैयाँ बराबर जम्मा ६ हजार ७८२ वटा बीमा पोलिसी सरेण्डर भएको हो । माघ महिनाको तुलनामा पुसमा बीमा पोलिसी त्याग्नेको संख्या र सरेण्डर रकम दुबै कम थियो ।

बीमा पोलिसी त्याग्नेको संख्या बढ्नुका प्रमुख कारण आर्थिक मन्दी वा आर्थिक गतिविधि कम हुँदा मानिसको आयस्रोत घट्नु हो । अहिले अर्थतन्त्रमा समस्या आएका कारण मानिसको आयस्रोत दिनप्रतिदिन खुम्चदो छ । सो कारणले पनि बीमा पोलिसी त्याग्नेको संख्या र रकम बढेको बीमा प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तथ्यांक अनुसार यो महिनामा पनि नेपाल लाइफको बीमा पोलिसी सरेण्डर बढेको छ । माघ महिनामा सबैभन्दा धेरै पोलिसी सरेण्डर नेपाल लाइफको विमितले गरेका थिए । माघ महिनामा मात्रै कम्पनीको ३८ करोड ३ लाख रुपैयाँ बराबरको २ हजार ७१९ वटा पोलिसी सरेण्डर भएको हो ।

पुस महिनमा मंसिरको तुलनामा कम्पनीको समर्पण रकम घटेको छ । मंसिर महिनामा नेपाल लाइफका विमितले २ हजार ८३५ बीमा पोलिसी सरेण्डरबाट ४३ करोड ९७ हजार समर्पण भएको छ । अन्य कम्पनीको तुलनामा नेपाल लाइफको विजनेश धेरै भएकोले समर्पण पनि बढी देखिएको हो ।

पुसमा जस्तै माघ महिनामा बीमा पोलिसी समर्पण गर्ने दोस्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल रहेको छ । कम्पनीले पुसमा १६७ बीमा पोलिसी सरेण्डरबाट ९ करोड ५९ लाख रुपैयाँको समर्पण भएकोमा माघ महिनामा बढेर ३० करोड ४६ लाख रुपैयाँ बराबरको एक हजार ५८५ वटा पोलिसी सरेण्डर भएको छ । मंसिर महिनामा १८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।

माघमा एशियन लाइफ इन्स्योरेन्सको २१ करोड ३२ लाख रुपैयाँ बराबरको एक हजार ४९३ बीमा पोलिसी सरेण्डर भएको छ । पुसमा महिनामा ३ करोड २५ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको थियो ।

राष्ट्रिय बीमा संस्थानको पुस महिनामा ७ करोड ७३ लाख रुपैयाँको पोलिसी सरेण्डरमा माघमा १० करोड ८६ लाख बराबरको एक हजार ६६२ वटा बीमा पोलिसी सरेण्डर भएको प्राधिकरणको तथ्यांक छ । मंसिर महिनामा ७ करोड ९७ लाख रुपैयाँ बराबर पोलिसी सरेण्डर भएको छ ।

नेशनल लाइफ इन्स्योरेनस कम्पनीको माघ महिनामा ८०२ वटा पोलिसीबाट १४ करोड ७३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ । पुस महिनामा ८ करोड २३ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ । कम्पनीको मंसिर महिना ११ करोड रुपैयाँको पोलिसी सरेण्डर भएको थियो ।

माघ महिनामा मेट लाइफको ३५४ वटा पोलिसी बराबरको ३ करोड १७ लाख ८३ रुपैयाँ सरेण्डर भएको छ भने गुराँस लाइफको १ करोड ९४ लाख १३ हजार, प्राइम लाइफको २ करोढ २६ लाख ९४ हजार, आईएमई लाइफ ६६ पोलिसीको ५६ लाख ६६ हजार युनियन लाइफ ७६ पोलिसीबाट २ करोड ३२ लाख ४० हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।

सन नेपाल लाइफको ४४ वटा पोलिसीको एक करोड २ लाख ४० हजार, रिलायन्स लाइफको ६५ पोलिसीबाट ९९ लाख ४२ हजार, रिलायबल नेपाल लाइफको १३९ पोलिसीको ७० लाख रुपैयाँ सरेण्डर भएको छ । सानिमा लाइफ ३० वटा पोलिसी सरेण्डरबाट ४५ लाख ८३ हजार, प्रभु लाइmको ३० पोलिसीको ६२ लाख ६६ हजार, महालक्ष्मी लाइफको ३९ पोलिसीबाट ५० लाख २४ हजार र सूर्यज्योति लाइफको ६१ पोलिसी सरेण्डरबाट २ करोड ११ लाख १० रुपैयाँ सरेण्डर भएको छ ।

पुस महिनामा मेट लाइफको ३ करोड ६ लाख, गुराास लाइफको २ करोड ६ लाख, प्राइम लाइफको २ करोड १२ लाख र युनियन लाइफको १ करोड ३६ लाख, सानिमा लाइफको १ करोड १३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।

पुस महिनामा सिटिजन लाइफको ९६ लाख, लाईएमई लाइफको ७४ लाख, रिलायन्स लाइफको ७३ लाख, रिलायबल नेपाल लाइफको ६८ लाख, प्रभु लाइफको ५५ करोड, सूर्यज्योति लाइफको ४० लाख र महालक्ष्मी लाइफको २५ लाख रुपैयाँ बराबरको बीमा पोलिसी समर्पण भएको छ ।

मंसिर महिनामा प्राइम लाइफको ८ करोड २३ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानको मंसिर महिनामा ७ करोड ९७ लाख रुपैयाँ, गुराँस लाइफको ४ करोड ९५ लाख रुपैयाँ, युनियन लाइफको ३ करोड ७७ लाख रुपैयाँ, एशियन लाइफको ३ करोड २५ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको थियो । मेट लाइफको २ करोड ५० लाख रुपैयाँ, सूर्या लाइफको २ करोड १ लाख रुपैयाँ र ज्योति लाइफको १ करोड ३९ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको थियो ।

त्यसरी नै रिलायन्स लाइफको ६९ लाख रुपैयाँ, प्रभु लाइफको ६४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ५० लाख रुपैयाँ, सिटिजन लाइफको ४३ लाख रुपैयाँ, आइएमई लाइफको ३७ लाख रुपैयाँ पोलिसी सरेण्डर भएको छ । सन नेपाल लाइफको ३७ लाख रुपैयाँ, सानिमा लाइफले ३६ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ३४ करोड रुपैयाँ पोलिसी सरेण्डर भएको थियो ।

Surrender Magh2079Surrender Magh2079

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स