नेपाल इन्स्योरेन्सका अध्यक्ष र सञ्चालकद्वारा राजीनामा

काठमाडौं । नेपाल इन्स्योरेन्सका अध्यक्ष र सञ्चालकले राजीनामा दिएका छन् । मर्जर प्रक्रिया पूरा गर्न नसकेपछि कम्पनीका अध्यक्ष अर्जुन पौडेल शर्मा र सञ्चालक विष्णु खेतान अग्रवालले राजीनामा दिएका हुन् । बुधबार बसेको सञ्चालक समिति बैठकले उनीहरूको स्वीकृत गर्ने निर्णय पनि गरिसकेको छ ।  शर्माको राजीनामापछि कम्पनीले लक्ष्मण पौडेललाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।

नेपाल बीमा प्राधिकरणले अध्यक्ष र सञ्चालकलाई मर्जर गर्ने सहमतिमा नियुक्ति सदर गरेको थियो । तर, समयमा मर्जर गर्न नसकेपछि प्राधिकरणले नै दुई जनालाई राजीनामा गर्न निर्देशन दिएको थियो। प्राधिकरणको निर्देशनपछि अध्यक्ष र सञ्चालकको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

पछिल्लो समय नेपाल इन्स्योरेन्स, प्रूडेन्सियल र आइएमई जनरल इन्स्योरेन्सबीच मर्जर गराउन प्राधिकरणले थप समय दिएको थियो । क्रस होल्ड्ङिमा रहेका यी तीन कम्पनीबीच कुरा नमिलेपछि नेपाल इन्स्योरेन्स मर्जरबाट पछि हटेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स