सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले आज एकीकृत कारोबार शुभारम्भ गर्ने,२ अर्ब ८९ करोड भएको तेस्रो निर्जीवन बीमा कम्पनी

कम्पनीमा कसको कति सेयर स्वामित्व ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सले आजबाट एकीकृत कारोबार शुभारम्भ गर्ने भएका छन् । यी दुई कम्पनीले १ः१ सेयर स्वाप रेसियोमा एकआपसमा मर्जर जाने सहमति गरेका हुन् । यी दुई कम्पनीको मर्जर पछि बीमा क्षेत्रकै तेस्रो ठूलो मर्जर हुनेछ ।

मर्जपछि बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ वीरेन्द्र वैदवार क्षेत्री बन्ने छन् ।
मर्जरपछि यी दुबै कम्पनीको नाम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहने छ । मर्जरपछि २ अर्ब ८९ करोड रुपैयाँ चुक्ता पुँजी भएको निर्जीवन बीमा कम्पनी बन्नेछ । हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड ३९ लाख रुपैयाँ रहेको छ । त्यसैगरी प्रिमियर इन्स्योरेन्सको पुँजी १ अर्ब ४० करोड २६ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको संयुक्त मर्जर समितिको फागुन ११ गते बसेको बैठकले फागुन १७ गतेबाट एकीकृत कारोबार गर्ने निर्णय गरेको थियो । यी दुवै कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको हो । यी दुबै कम्पनीलाई बीमा प्राधिकरणले माघ १६ गते र नेपाल धितोपत्र बोर्डले माघ २४ गते तथा कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

कम्पनीमा कसको कति सेयर स्वामित्व ?
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडमा सबैभन्दा बढी सेयर लगानी कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठको रहेको छ । संस्थामा उनको ७ लाख ८२ हजार ६ सय ४५ कित्ता सेयर रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्समा कम्पनीका संचालक राहुल अग्रवालको सबैभन्दा बढी सेयर रहेको छ । यद्यपि कम्पनीको अध्यक्ष रतनलाल केडियाको रहेका छन् । सञ्चालक समुह तर्फमा सबैभन्दा बढी राहुल अग्रवालको ४३ करोड ७९ लाख २५ हजार कित्ता सेयर संख्या रहेको छ ।

प्रिमियर इन्स्योरन्सका सञ्चालक प्रभु कृष्ण श्रेष्ठको ७ लाख ५१ हजार ३ सय ४३ कित्ता सेयर रहेको छ । सञ्चालक राजेश लाल श्रेष्ठको ५१ हजार १ सय ५५ कित्ता, सञ्चालक राजन कृष्ण श्रेष्ठको १८ हजार १ सय ४८ कित्ता, सञ्चालक बलराम श्रेष्ठको ४ सय ६७ कित्ता सेयर, सञ्चालक महेन्द्र बहादुर श्रेष्ठको १ सय २६ कित्ता सेयर स्वामित्व रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्समा दोस्रोमा पवन कुमार अग्रवालको ३६ करोड १२ लाख ८८ हजार कित्ता शेयर रहेको छ । सुमित कुमार केडियाको २२ करोड ८९ हजार कित्ता सेयर रहेको छ । अन्तिममा संस्थामा सवैभन्दा कम रतनलाल केडियाको १३ करोड ६५ लाख ५२ कित्ता सेयर स्वामित्व रहेको छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनीमा पदाधिकारीतर्फबाट नायब महाप्रबन्धक दिपेन्द्र राज गौतमको सबैभन्दा बढी सेयर स्वामित्व रहेको छ । संस्थामा उनको ७ सय ९ कित्ता सेयर रहेको छ । नायब प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारीको ५ सय ६८ कित्ता र प्रमुख सञ्चालन अधिकृत कविता जोशीको १ सय ३९ कित्ता सेयर रहेको छ ।

यस्तो छ यी दुई कम्पनीको वित्तीय अवस्था
प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा एक अर्ब ७ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ४० करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
पुष मसान्तसम्ममा प्रिमियरले १५ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ भने सिद्धार्थले १४ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

साथै सो अवधिसम्म प्रिमियर इन्स्योरेन्सको बीमा कोषमा एक अर्ब ९ करोड ३० लाख रुपैयाँ संचित रहेको छ भने जगेडा कोषमा ३० करोड ८ लाख रुपैयाँमा सीमित भएको छ । सिद्धार्थ इन्स्योरेन्सको बीमा कोषमा एक अर्ब २५ करोड ७९ लाख रुपैयाँ र जगेडा कोषमा २४ करोड १४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्सले चालु आवको ६ महिनासम्ममा ३० करोड ६८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको भने प्रिमियरले सो अवधिसम्म २२ करोड ४५ लाख रुपैयाँ खुद बीमा दाबी भुक्तानी गर्न सफल भएको छ ।

सबै सूचकमा उल्लेख्य सुधार गर्दै मर्जरमा सामेल हुन लागेको यी दुवै कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लगानी, कर्जा तथा पुनर्बीमा कमिशन आयबाट हुने आम्दानीमा समेत उल्लेख्य प्रगति गरेको देखिएको छ । सो अवधिसम्म प्रिमियर इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी २८ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ भने यता सिद्धार्थले पनि ३२ करोड ८५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ ।

हालसम्म सिद्धार्थ इन्स्योरेन्सको जारी बीमा पोलिसी संख्या ७३ हजार ७६० र प्रिमियर इन्स्योरेन्सको ७५ हजार ६५ रहेको छ । यता सिद्धार्थ इन्स्योरेन्सको दोस्रो त्रैमाससम्ममा चुक्तापुँजी एक अर्ब ४० करोड ३९ लाख रुपैयाँ रहेको छ भने प्रिमियर इन्स्योरेन्सको एक अर्ब ४० करोड २६ लाख रुपैयाँ रहेको छ ।
पुष मसान्तसम्म सिद्धार्थ इन्स्योरेन्सको वार्षिकी प्रतिसेयर आम्दानी २० रुपैयाँ ९९ पैसा, प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ९१ पैसा, मूल्य आम्दानी अनुपात ९पीई रेसियो० ३० रुपैयाँ ८७ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४१९ रुपैयाँ ९ पैसा रहेको छ ।

प्रिमियर इन्स्योरेन्सको वार्षिकी प्रतिसेयर आम्दानी २२ रुपैयाँ २७ पैसा, प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ २३ पैसा, मूल्य आम्दानी अनुपात २९।५० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३१२ रुपैयाँ ५१ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स