भोलिबाट सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं । भोलिबाट सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का हुने भएको छ । दुवै कम्पनीले मर्जर प्रक्रिया पूरा गरी भोलि फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जरसम्बन्धी निर्देशिकाबमोजिम सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो।

मर्जरपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा एकीकृत निर्जीवन बीमा कारोबार सुरु हुँदैछ।

प्रिमियर र सिद्धार्थबीच बराबरी हैसियत अर्थात १ः१ सेयर स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको छ । मर्जपछि बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ वीरेन्द्र वैदवार क्षेत्री रहने छन् ।

सो अनुसार मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्ने कम्पनीले जानकारी दिएको छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । प्राधिकरणले निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ ।

यी दुवै कम्पनीको गत पुस २९ गतेसम्म वार्षिक साधारणसभाले मर्जर प्रक्रिया स्वीकृत गरेको थियो।

नेपाल बीमा प्राधिकरणले गत माघ १६ गते र नेपाल धितोपत्र बोर्डले गत माघ २४ गते यी दुवै कम्पनीको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स