प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश दर घट्यो, अब कति ?

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश दर घटाएको छ । फागुन १५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले पूर्व घोषित लाभांश दर संशोधन गरेको हो ।

इन्स्योरेन्सले अब कुल ३.५० प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको छ । सोमध्ये ३.३२५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.१७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ । यस अघि इन्स्योरेन्सले कुल ६.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

नेपाल बीमा प्राधिकरणबाट वित्तीय विवरण स्वीकृतीका क्रममा प्राप्त निर्देशन अनुसार इन्स्योरेन्सले लाभांश दर घटाएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स