सप्तरीको कंचनरुप नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया

सप्तरी । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा यही फागुन १४ गते मधेश प्रदेशको सप्तरी जिल्लाको कंचनरुप नगरपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कंचनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले बीमा गरेपछि क्षति भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति पाउने भएकाले जीवन तथा घर, सम्पत्ति, सवारीसाधन, कृषिबाली र पशुपन्छीहरुको बीमा गरेर ढुक्क हुन सबैलाई आग्रह गरे ।

प्रमुख गुप्ताले गाउँ गाउँसम्म बीमा सम्बन्धी जानकारी गराउने दायित्व जनप्रतिनिधिहरुको समेत भएकाले बीमा सचेतना अभिवृद्धिका लागि भूमिका निर्वाह गर्न वडा अध्यक्ष तथा सदस्यहरुलाई आग्रह गरे ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले नगरपालिकाभित्रका साना तथा ठूला घरहरुको बीमालाई अनिवार्य गरी आर्थिक सुरक्षण गर्न आग्रह गरे ।

कार्यक्रममा सहभागीहरुले जग्गाधनीले नभई जग्गा भाडामा लिएर खेती गर्ने कृषकहरुले नै कृषिबीमाको दाबी भुक्तानी पाउने व्यवस्था गर्न आग्रह गर्दै बीमा कम्पनीहरुले बीमा दाबी भुक्तानी दिन आनाकानी गर्ने गरेको, साना दाबी भुक्तानी पाउन पटक पटक धाउनुपर्ने बाध्यता रहेको, बीमाका बारेमा जानकारी नपाएको, कृषि तथा पशुबीमा गर्न बीमा कम्पनीहरु गाउँमा नआएको लगायतका गुनासाहरु राखेका थिए ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेयले संचालन गरेको कार्यक्रममा कञ्चनरुप नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरु, कृषक, बीमा, बैंक र वित्तीय संस्थाका शाखा कार्यालयका प्रतिनिधि, महिला समूहका प्रतिनिधि, बीमा अभिकर्ता लगायत गरी करिव ९० जनाको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स