काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट गरेको छ । कम्पनीले व्यतित भएका बीमालेखहरुको नविकरण गर्दा ५० प्रतिशत ब्याज छुट गर्ने भएको हो ।
कम्पनीबाट जारी गरिएको तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण मिति २०७७ फागुन १४ देखि व्यतित भएका बीमालेखहरु २०७९ फागुन १५ गतेदेखि चैत ३० गतेभित्र पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने बिलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।
यसका लागि कम्पनीले विभिन्न तीन वटा शर्त राखेको छ ।
१. २०७९ फागुन १४ सम्ममा नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघि पूर्ण व्यतित भएका बीमालेखहरुलाई मात्र ब्याज छुट प्रदान गरिनेछ ।
२. २०८० फागुन १४ भन्दा अगाडी परिपक्व हुने बीमालेखहरुमा ब्याज छुट प्रदान गरिने छैन ।
३.जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी भए पश्चात छुट लिइसकेका बीमितको हकमा भने पुनःब्याज छुट नदिने कम्पनीले जनाएको छ ।