स्वाप रेसियो १ः१ मा मर्जरमा जान लागेका सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार यहि फागुन १७ गतेबाट

काठमाडौं । स्वाप रेसियो १ः१ मा एक आपसमा मर्जरमा जाने सम्झौता गरेका सिद्धार्थ इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीले यही फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेका छन् । मर्जरमा जाने अन्तिम सहमति गरिसकेका दुई बीमा कम्पनीलाई कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा प्राधिकरण र धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएसँगै अब फागुन १७ गतेबाट एकीकृत कारोबारमा जाने भएका हुन् ।

दुवै कम्पनीले अब सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिको नामबाट निर्जीवन बीमाको कारोबार गर्नेछन् । यही फागुन ११ गते सम्पन्न भएको एकीकृत मर्जर कमिटीको बैठकको निर्णय बमोजिम फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेको दुवै कम्पनीले जनाएका छन् ।

नयाँ कम्पनीमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीका बीरेन्द्र बैदवार सिईओ बन्नेछन् । उनी हाल सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सीईओ छन् भने बीमक संघका उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । कम्पनीको केन्द्रीय कार्यालय बबरमहलमा रहनेछ ।

दुबै कम्पनबीच प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)को १ कित्ता सेयर बराबर सिद्धार्थ इन्स्योरेन्सको १ कित्ता (१ः१) हुने गरी मर्जरमा जाने समझदारी भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स