काठमाडौं । झापामा जन्मे हुर्केकी सुनिता अहिले नेपालकै ‘सर्वाधिक विश्वासिलो’ जीवन बीमा कम्पनी नेपाल लाइफमा कार्यरत छिन् । उनले यहाँ काम गर्न सुरु गरेको १५ वर्ष बितिसकेको छ । साढे २ वर्ष भयो एजेन्सी तथा सर्भिसिङ विभागमा विभागीय प्रमुख भएर उनले काम गरेको । ११ जनाले गरेको कामको अनुगमन गर्नुका साथै नेपाल लाइफका ४२ हजार अभिकर्ताको कामसँग प्रत्यक्ष जोडिनु उनको अहिलेको दैनिकी हो ।

घरकी जेठी बुहारी र कार्यालयको विभागीय प्रमुख सुनिता पोखरेल कार्य सम्पादनका क्रममा आएका समस्याहरुलाई कुशलतापूर्वक समाधान गर्छिन् । विभागमा कुनै अप्ठ्यारो परिस्थिति आयो भने उनीसँगै आएर ठोकिन्छ र उनी त्यो परिस्थितिलाई सबैभन्दा पहिला राम्रोसँग अध्ययन गर्छिन् र त्यसलाई सहजै सल्टाउछिन् ।

नेपाल लाइफका हजारौं अभिकर्तालाई परिचालन गर्नेदेखि विभिन्न अभिकर्ता स्कीम, इन्सेन्टिभ, एजेन्सी लोन, रिकभरी (असुली) सम्म उनले नै हेर्छिन् अझ भन्नु पर्दा एजेन्सी खर्चको व्यवस्थापन उनी आफै गर्छिन् । सही र झुटलाई सहजै खुट्याउन सक्ने क्षमता कै कारण उनलाई यो विभाग कम्पनीले सुम्पिएको हुन सक्ने उनको बुझाइ छ ।

२०६४ साल माघ ६ गते नेपाल लाइफ प्रवेश गरेकी सुनिताको बाल्यकाल अर्थात स्कूले शिक्षा झापाको उच्चस्तरीय स्कूल ‘लिटिल फ्लावर इंग्लिस स्कूलबाट भएको हो । झापा बिर्तामोडकी सुनिताको विवाह रातोपुलका उपज ढकालसँग भयो । कन्काई मल्टिपल कलेजबाट ब्याच्लर गरेकी सुनिताले शंकरदेवबाट म्यानेजमेन्ट विषयमा माष्टर गरेकी हुन् । कन्काई कलेजमा पढ्दा उनी डिप्लोमा दोस्रो वर्ष कलेजकै ‘दोस्रो’ भइन भने तेस्रो वर्ष कलेज नै टप गरिन् ।

उनले अध्ययन गरेको झापाको त्यो स्कूल अत्यन्त राम्रो भएकोले नै उनले माथिल्लो तहमा समेत त्यो नतिजा हासिल गर्न सकेकी हुन् । त्यतिबेलाको जमानामा अरु स्कूलको तुलनामा उनी पढेको स्कू्रलको पढाइ अत्यन्त राम्रो थियो र महँगो पनि थियो । नेपाल विद्युत प्राधिकरणको सुब्बाको जागिरले चार छोराछोरीलाई बुबाले ठूलो मेहेनत गरेर महँगो स्कूलमा पढाउनु भएको उनी सम्झिछिन् ।

‘त्यति बेला सहज थिएन, र पनि बुबाले हामी चारै जना (२ छोरा र २ छोरी) लाई विभेद नगरी पढाउनु भयो हामी यसमा गौरव गर्छौं र आमाबुबा प्रति कृतज्ञ पनि छौं,’ सुनिताले भनिन् उनीहरूको त्यहि मेहेनतले नै मलाई सक्षम बनाएको हो र म मेरो जीवनमा सफल पनि भए जस्तो लाग्छ मलाई ।’ आमा गृहिणी, बुबाको मात्रै कमाइले चार छोराछोरीलाई राम्रो शिक्षा दिन त्यति सहज थिएन ।’

स्नातकोत्तर सकेपछि सुनिताले ६ महिना नेपाल मेडिकल कलेज, अत्तरखेलमा काम गरिन् अकाउन्टेन भएर । करियर ग्रोथको लागि सेवा सुविधालाई नहेरी उनी नेपाल लाइफ प्रवेश गरेकी हुन् । ‘यहाँ आउँदा मेरो मासिक तलब मेडिकल कलेजको भन्दा कम थियो,’ उनले भनिन् ‘मैले यो क्षेत्र र पेशाको गर्याबिटी बुझेको थिए, त्यसैले पैसाको लोभ गरिन ।’

कम्पनीको आवश्यकता अनुसार आफूलाई त्यो पेशामा फिट गर्ने सोचका साथ अघि बढेकी सुनितालाई बैंकर बन्ने ठूलो धोको थियो । तर, पनि उस्तै प्रकृतिको क्षेत्र बीमामा यो पोष्टसम्म पुगेर काम गरेपनि प्रमुख कार्यकारी अधिकृत बन्ने सोच भने अहिलेसम्म उनमा पलाएको छैन । ‘मान्छेको आकांक्षा त भइहाल्छ,’ उनले भनिन् ‘टप लेभल’ को म्यानेजमेन्टलाई सहयोग गर्ने गरी काम गर्नेमा दृढ छु ।’

घरकी जेठी बुहारी भएकोले उनको दायित्व पनि कम छैन । घर व्यवहार मिलाएर जागिरलाई उच्च पदको जिम्मेवारी सम्हालिरहेकी सुनिताको बिहान ५ बजे उठेपछि दैनिकी सुरु हुन्छ, छोरालाई कलेज पठाएपछि १ घण्टा व्यायाम गर्छिन् अनि घर फर्केर खाना बनाउने, खाने अनि अफिस आउने ।

अहिले उनको चार जनाको न्यूक्लियर फेमिली भएपनि पहिला भने संगोलमा थियो । छोराछोरी हुर्काउन त्यति गाह्रो भएन, अर्थात भन्नु नै पर्दा उनले आफ्नो छोराछोरी हुकिएको थाहै पाइनन् । उनले भनिन् ‘सासु आमा पनि काम गर्ने भएकोले जागिरे जीवनको बारेमा उनीहरूले मैलेभन्दा राम्ररी बुझ्नु भएको छ ।

त्यहि हुनाले मैले परिवारबाट पूर्ण रुपले सपोर्ट पाए र अहिले पनि पाइरहेको छु, उनले सुनाइन । ‘ससुरा बुबा सडक विभागमा काम गर्नु हुन्थ्यो, अहिले उहाँहरू दुबैको रिटायर्ड लाइफ हो । ५ कक्षामा पढ्ने छोराकोे लागि उनले कुनै चिन्ता लिनु पर्दैन । गाह्रो साधुरो पर्दा आफन्तसँगै भएकाले मैले भ्याइन भन्दा पनि छुट पाइन्छ,’ उनले भनिन् । श्रीमान ई. उपज ढकाल नागरिक उड्डयान प्राधिकरणमा काम गर्छन् । जिन्दगी हाँसी खुशी बितिरहेको छ, उनको ।

नेपाल लाइफ आएपछि उनले सबैभन्दा पहिला प्रशासन सम्हालिन् । त्यति बेला विभिन्न मान्छेका फरक फरक समस्या आउथ्यो । अहिलेको जस्तो एउटा विभाग एउटा टिमले हेर्ने भन्ने थिएन । सीईओको अन्डरमा एचआर, एडमिन हुन्थ्यो त्यहि बसेर उनले काम गर्नु पथ्र्यो । बीमा क्षेत्रमा प्रवेश गरेपछि उनले प्रशासन र मानव संसाधन विभागमा दोस्रो वरियतामा रहेर ७ वर्ष काम गरिन् ।

त्यसपछि एजेन्सी तथा सर्भिसिङ विभागमा दोस्रो वरियतामा रहेर काम गरिन् र अहिले नेपाल लाइफलाई सधै दिगो रुपले अघि बढ्न आवश्यक पर्ने बिजनेश ल्याउने अभिकर्तालाई उत्प्रेरणा दिएर काम लगाइरहेकी छिन् । यो विभागमा आएपछि अझ जिम्मेवार र आत्मविश्वासका साथ अघि बढेकी छिन् ।

काममा रमाउन सक्यो भनेमात्र बेष्ट प्रर्फमेन्स दिन सकिने बताउने सुनिता नेपाल लाइफलाई आफ्नो सबैभन्दा नजिकको साथी मान्छिन् र यसको उत्तरोत्तर प्रगति चाहन्छिन् र कम्पनीको प्रगतिमा आफू पनि प्रफूल्लित भएको महसुस गर्छिन । संस्थालाई बलियो बनाउन जस्ता किसिमका व्यवधानहरू आएपनि आफ्नो विवेकलाई सहि अर्थमा प्रयोग गरेर त्यो उल्झनबाट उम्कन प्रेरणादायी भूमिकामा रहन्छिन् ।

 

हेडलाइन्स