नेशनल लाईफ इन्स्योरेन्स ३६ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रमहरु आयोजना

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३५ औं वर्ष पुरा गरी ३६ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।

कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ जस्मा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । यसै गरी कर्मचारीहरु माझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफावाट कम्पनीले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको अवस्था छ ।

कम्पनीको जीवन बीमा कोषमा ५६ अर्बको हाराहरीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७७÷०७८ बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ । आ.व.२०७७÷०७८ को बीमांकीय मूल्यांकन पश्चात बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँ देखि अधिकतम् प्रति हजार ८५ रुपैयाँ सम्म प्रदान गरेको छ । कम्पनीले चालु वर्षमा शाखा कार्यालय नेपालगंजमा आफ्नो भवन निर्माण गर्ने कार्य सुरु गरिसकेको छ । ११७ शाखा कार्यालय संख्या र ४६० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाख भन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।

कम्पनीले स्थापनाकाल देखि २०७९ साल पौष मसान्त सम्म कूल बीमाशुल्क आम्दानी ८५ अर्ब १ करोड आर्जन गरेको छ भने कूल ३८ लाख ६० हजार बीमालेख जारी गरेको छ र कूल २९ अर्ब ६० करोड बराबर बीमा दावी भुक्तानी गरेको छ ।

यस शुभ अवसरमा कम्पनीले ब्यवसायिकता, प्रविधि मैत्री पारदर्शीता एवं विश्वसनियता लाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।

कम्पनी संचालनको ३६ औं वार्षिकोत्सवको सुखद अवसरमा हामी प्र्रति विश्वासका साथ सहकार्य गर्नु हुने सम्पूर्ण ग्राहक महानुभावनहरु, कर्मचारी साथीहरु, अभिकर्ताज्यूहरु एवं शुभेच्छुकहरु प्रति हार्दिक आभार ब्यक्त गरेको छ । साथै नियामक निकाय लगायत अन्य सम्बन्धित संस्थाहरुवाट प्राप्त मार्गदर्शन र सहयोगको लागि कृतज्ञता ब्यक्त गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स