लमजुङको सुन्दरबजारमा बीमा सम्बन्धी अन्तरक्रिया

लमजुङ । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही फागुन ९ गते गण्डकी प्रदेशको लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाले विद्यालयका पाठ्यक्रम तयार गर्दा बीमा विषयलाई समावेश गर्न नगरपालिकाले पहल गर्ने जानकारी दिए । प्रमुख कोइरालाले बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि बीमा कम्पनीहरु पनि अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए ।

सुन्दरबजार नगरपालिकाका उपप्रमुख भवानी के.सी. ले नगरपालिकाको आगामी नीति तथा कार्यक्रममा बीमालाई समेत समावेश गरिने बनाए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी नीति तथा कार्यक्रम ल्याएर नागरिकका जीवन तथा सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्ने व्यवस्था गर्न नगरपालिकासँग आग्रह गरे ।

नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लोक प्रसाद काफ्लेले संचालन गर्नुभएको कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारी, जिल्लास्थित बीमा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, बीमा अभिकर्ता, कृषक र संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स