५ बीमा कम्पनीले चुक्ता पुँजी पुर्याउन हकप्रद र प्रिमियम मूल्यमा आईपीओ ल्याउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले भनेको जति पुँजी पुर्याउने ५ बीमा कम्पनीले संस्थापक सेयर, हकप्रद सेयर र प्रिमियम मूल्यमा आईपीओ जारी गरेर पुँजी पुर्याउने भएका छन् । प्राधिकरणले तोकेको पुँजी पुर्याउन ५ निर्जीवन बीमा कम्पनीले संस्थापक सेयर र हकप्रद नै जारी गर्ने भएका छन् भने चार जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति पाइसकेको छन् ।

जीवन बीमा तर्फ सिटिजन लाइफ, सन नेपाल लाइफ, आईएमई लाइफ र रिलायवल लाइफले संस्थापक सेयर जारी गरेर चुक्ता पुँजी बढाउने योजना बीमा प्राधिकरणमा पेश गरेका छन् । निर्जीवन तर्फ भने एनएलजी इन्स्योरेन्सले संस्थापक सेयर थप गरेर पुँजी बढाउने योजना प्राधिकरणमा पेश गरेको छ । उक्त कम्पनीहरुको संस्थापक सेयरधनीहरुले आवश्यकअनुसार पुँजी थप गर्नेछन् । साथै, सर्वसाधारणले पनि सोही अनुपातमा हकपद सेयर खरिद गर्न पाउने छन् ।

त्यस्तै केहि स्वदेशी र विदेशी कम्पनीले पनि आफै पुँजी पुर्याउन लागि रहेका छन् । नेशनल, ओरिएण्टल, अजोड, प्रभुले भने आफैले पुँजी पुर्याउने देखिएको छ । यी कम्पनीले पुँजी पुर्याउनको लागि उचित विकल्प खोजिरहेका छन् ।

हाल जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ न्यूनतम चुक्तापुँजी हुनुपर्ने व्यवस्था छ । तर, आगामी चैत मसान्त भित्र जीवन कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्त ापुँजी पुर्याउनुपर्ने बीमा प्राधिकरणको निर्देशन छ ।

प्राधिकरणले गत चैत महिनामै परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको थियो । त्यसपछि अधिकांश बीमा कम्पनीहरुले मर्जर मार्फत चुक्तापुँजी पुर्याउँदै छन् । तर, यी ५ कम्पनीले भने संस्थापक सेयर थप गर्ने निर्णयमा पुगेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स