शिखर इन्स्योरेन्स एक्लैले पुर्यायो साढे २ अर्ब चुक्ता पुँजी

बीमा प्राधिकरणले तोकेको साढे दुई अर्ब चुक्ता पुँजी पुर्याउने शिखर इन्स्योरेन्स पहिलो कम्पनी बनेको छ । नेपालको सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स एक्लैले दुई अर्ब ६५ करोड १८ लाख ५४ हजार १९२ रुपैयाँ पुर्याएर हो । योसँग क्म्पनीले आफूलाई उत्कृष्ट र अब्बल कम्पनीको रुपमा स्थापित गराउन सफल भएको छ ।

अन्य कम्पनीहरूको मर्जरपछि पनि चुक्ता पुँजी नपुगेर पुँजी पुर्याउन विकल्प खोज्नु पर्ने स्थिति आएका बेला शिखर इन्स्योरेन्सले भने आफै नेपाल बीमा प्राधिकरणबाट निर्देशित पुँजी पुर्याएको हो ।

निर्जीवन बीमा कम्पनीहरूका लागि बीमा प्राधिकरणले साढे दुई अर्ब चुक्ता पुँजी तोकेको छ । गतवर्ष १२ महिनाको अवरिूध तोकेर एक अर्ब चुक्ता पुँजी भएका निर्जीवन बीमा कम्पनीहरूलाई मर्जरमा जान वा आफै चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स