आईएमई लाइफले कमायो पौने १२ करोड नाफा, ईपीएस कति ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गरेको नाफा गत आवको सोहि अवधिको तुलनामा ५०.९६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड साढे ७९ लाखरुपैयाँ खुद नाफा कमाएको थियो ।

पुस मसान्तसम्ममा कम्पनीको खुद दावी भुक्तानी ३९ प्रतिशत बढेर ५२ करोड ७४ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ९६ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १७ प्रतिशत बढेर १ अर्ब ८६ करोड ९५ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले अभिकर्तालाई २२ करोड ४६ लाख रुपैयाँ कमशिन दिएको छ । कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी २५ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

अवधिमा कम्पनीको चुक्ता पुँजी १०० प्रतिशतले बढेर २ अर्ब ८० करोड रुपैयाँ, जगेडा कोष ७७.५१ प्रतिशत बढेर १ अर्ब ४ करोड २२ लाख रुपैयाँ र जीवन बीमा कोष ४१ प्रतिशत बढेर ५ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ र महाविपत्ति कोष ९४ प्रतिशत बढेर ११ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको हालसम्मको कुल बीमा शुल्क आर्जन ११ अर्ब २२ करोड ३९ लाख रुपैयाँ, हालसम्मको कुल बीमा लेख जारी संख्या ३ लाख ३३ हजार २८१ वटा, कुल दावी भुक्तानी रकम २३ करोड ४५ लाख रुपैयाँ रहेको छ । ३१ दावी वापत २ करोड ९६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

समिक्षा अवधिमा कम्पनको प्रतिसेयर आम्दानी ८.४१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४१.३६ रुपैयाँ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स