नेको इन्स्योरेन्सले १७ करोड कमाउँदा, ईपीएस कति ?

काठमाडौं । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १७.२० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने ११.४६ प्रतिशतले घटेर ८७ करोड २५ लाख रुपैयाँ सीमित छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ९८ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत १६ करोड २ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ७ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३२ करोड १६ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५० पैसा, प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ ५ पैसा र मूल्य आम्दानी अनुपात ५१.१६ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स