सगरमाथा इन्स्योरेन्सको नाफा करिब १८ करोड

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १७ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ०.९३ प्रतिशतले मात्रै बढी हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १७ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत १६ करोड ७० लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ५ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ ।  पछिल्लो ६ महिनामा कम्पनीको खुद दावी भुक्तानी पनि ४२ करोड रुपैयाँबाट बढेर ४४ करोड रुपैयाँ पुगेको देखिएको छ ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने ६.६० प्रतिशतले घटेर ७२ करोड ६९ लाख रुपैयाँ सीमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७७ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

चुक्ता पुँजी २ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५० करोड २६ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब २९ करोड ७ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको व्यवस्थापन खर्च १७ करोड ३१ लाखबाट बृद्धि भई १९ करोड १३ लाख ६० हजार पुगेको छ । त्यस्तै कम्पनीको लगानी, कर्जा तथा पुनर्बीमा कमिशन बापतको आम्दानी पनि घटेको पाइएको छ । व्यवस्थापन खर्च बढेको र स्रोत परिचालनबाट प्राप्त आम्दानी घटेकोले मुनाफा प्रभावित हुन पुगेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ९० पैसा, प्रतिसेयर नेटवर्थ २४४ रुपैयाँ ५ पैसा र मूल्य आम्दानी अनुपात ३२.३५ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स