शिखर इन्स्योरेन्सको नाफा २४ करोड, ईपीएस कति ?

काठमाडों । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २४ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ०.९५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले २४ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १३ करोड १७ लाख रुपैयाँ, पुनर्बीमा कमिशन वापत ३४ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने १.०९ प्रतिशतले बढेर ७७ करोड ५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ७६ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

चुक्ता पुँजी २ अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८१ करोड ७५ हजार रुपैयाँ, बीमा कोषमा १ अर्ब ५३ करोड १९ लाख रुपैयाँ र महाविपत्ती कोषमा १३ करोड ८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६ पैसा, प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात ४३.४९ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स