नेपाल इन्स्योरेन्सको नाफा १५ करोड ३२ लाख, ईपीएस कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले हाल गरेको नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १० प्रतिशत घटेर ३९ करोड १९ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

दोस्रो त्रैमासको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १६.२३ प्रतिशत बढेर ११ करोड ४८ लाख ७१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ८८ लाख ३२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ११ प्रतिशत बढेर १ अर्ब ३७ करोड ८९ लाख ९६ हजार रुपैयाँ, जगेडा कोष ५.४२ प्रतिशत बढेर ४७ करोड ७७ लाख ८१ हजार रुपैयाँ र बीमा कोष ३४ प्रतिशत बढेर ८२ करोड ९८ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले यस अवधिमा अभिकर्ता कमिशन १० प्रतिशत बढाएर १ करोड १६ लाख ३१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ८ लाख ६८ हजार रुपैयाँ अभिकर्ता कमिशन दिएको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ७९ करोड ३६ लाख ३० हजार रुपैयाँ, जारी बीमा लेख संख्या ८७ हजार ९४२ वटा, नवीकरण गरिएको बीमा लेख ९ हजार ६५४ वटा, कुल दाबी भुक्तानी हुन बाँकी रकम १९ करोड ६७ लाख ६७ हजार रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २३ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९४.८२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २२.४० गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स