आईएमई जनरल इन्स्योरेन्सको नाफामा सामान्य सुधार, ईपीएस कति ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले यो अवधिमा आर्जन गरेको नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड १३ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ८ प्रतिशत बढेर ४० करोड ५६ लाख २४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ६३ लाख २५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

पुस मसान्तसम्ममा कम्पनीको खुद दावी भुक्तानी ७ प्रतिशत घटेर १२ करोड ६३ लाख ७५ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ७२ लाख १५ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीले अभिकर्ता कमशिन १ करोड ३८ लाख रुपैयाँ गरेको छ ।

कम्पनीको पुनर्बीमा कमिसशन आय १२ करोड ४३ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी २ करोड २४ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४७ प्रतिशत बढेर १ अर्ब ७० करोड १६ लाख रुपैयाँ, जगेडा कोष ६ प्रतिशत बढेर ३२ करोड ८० लाख रुपैयाँ र बीमा कोष १५ प्रतिशत बढेर ६१ करोड ११ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको कुल बीमा शुल्क आर्जन ९० करोड २६ लाख १४ हजार रुपैयाँ, बीमा लेख जारी संख्या ५७ हजार २०५ वटा, कुल दावी भुक्तानी रकम ३९ करोड १ लाख रुपैयाँ, ७ हजार ७८७ दावी वापत १ अर्ब २८ करोड १८ लाख रपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

यस अवधिमा कम्पनको प्रतिसेयर आम्दानी १५.३९ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १५५.१९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३१.२० गुणा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स