महालक्ष्मी लाइफको नाफा ७ करोड १८ लाख, अन्य सूचकांक कस्ता ?

काठमाडौं । प्रभु लाइफसँग मर्जरमा जान लागेको महालक्ष्मी लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ करोड १८ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको खुद नाफा ३५.३८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३० लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

दोस्रो त्रैमासको यो अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३८ प्रतिशत बढेर १० करोड १७ लाख ८० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३७ लाख ३२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको यस अवधिमा अभिकर्ता कमिशन १० करोड ९३ लाख ४३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ९९ लाख ६५ हजार रुपैयाँ अभिकर्ता कमिशन दिएको थियो ।

पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ८.६२ प्रतिशत बढेर ७३ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६७ करोड ९१ लख ५१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५० प्रतिशतले बढेर २ अर्ब १० करोड रुपैयाँ पुगेको छ । कम्पनीले यस अवधिमा चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ बढाएको हो ।

कम्पनीको जगेडा कोष ६०.७० प्रतिशत बढेर ३२ करोड ५९ लाख ३९ हजार रुपैयाँ र जीवन बीमा कोष ५७ प्रतिशत बढेर २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स