काठमाडौं । शिखर इन्स्योरेन्सले २ आर्थिक वर्षको वार्षिक साधारण सभा सम्पन्न गरेकोे छ । सभाले आव २०७८/०७९ को वार्षिक साधारणसभामार्फत हाल कायम चुक्ता पुँजीको १६ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले माघ १७ गतेदेखि साधारण सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुकक्लोज गरको थियो । यस अनुसार माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
आजको साधारणसभाले कुनै बीमा कम्पनीलाई मर्जर वा एक्विजिशन गर्ने सम्बन्धमा प्रस्ताव समेत पास गरेको छ ।
वार्षिक साधारणसभाले आव २०७८÷०७९ को लेखा परिक्षण प्रतिवेदनसहितको वार्षिक वित्तीय विवरण पारित गरेको छ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्तिबारे बीमा ऐन २०७९ बमोजिम साधारण सभामा जानकारी दिने लगायतका प्रस्तावहरू पारित गरेको छ ।
साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथलीमा सम्पन्न भएको हो ।