सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा ४.४० प्रतिशतले बढी, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रौ त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले १४ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.४० प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा कम्पनीले १४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यस्तै, यस अवधिसम्म कम्पनीको खुद दाबी भुक्तानी ८.२३ प्रतिशतले घटेर ३० करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ ।

पुष महिनाको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ४० करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा ०.५६ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म कम्पनीले एक अर्ब ३९ करोड ३७ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको थियो ।

कम्पनीको चुक्तापुँजी २५.३५ प्रतिशतले बढेर १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने कम्पनीको वार्षिकी प्रतिसेयर आम्दानी २० रुपैयाँ ९९ पैसा रहेको छ । साथै प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ९१ पैसा, मूल्य आम्दानी अनुपात ३० रुपैयाँ ८७ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४१९ रुपैयाँ ९ पैसा रहेको छ ।

बीमा ब्यवसायमा उल्लेख्य प्रगति गरेसँगै कम्पनीले बीमा कोषको आकार समेत बढाउन सफल भएको छ । गत आवको पुष मसान्तसम्ममा एक अर्ब ७ करोड ४९ लाख रुपैयाँ बीमा कोषमा संचित गरेको कम्पनीले यस अवधिसम्ममा १७.०२ प्रतिशतले बढाएर कोषमा १ अर्ब २५ करोड ७९ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । साथै कम्पनीको जगेडा कोषको आकार भने ४०.६० प्रतिशतले घटेको छ । त्यस्तै, महाविपत्ती कोषको आकार २१.९३ प्रतिशतले बढेको छ ।

त्यस्तै, कम्पनीको लगानी, कर्जा तथा अन्यबाट आय भने घट्न पुगेको छ भने व्यवस्थापन खर्च बढ्न पुगेको छ । यो अवधिसम्म सिद्धार्थ इन्स्योरेन्सको यस्तो आम्दानी ७.८६ प्रतिशतले घटेको छ भने व्यवस्थापन खर्च १३.१२ प्रतिशतले बढेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स