नेप्सेद्वारा तीन जीवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा, भोलिबाट कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप तीन जीवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको हो ।

नेप्सेले मर्जर प्रयोजनका लागि रोक्का राखेको यी तीन जीवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो।

नेप्सेको आजको निर्णय यी कम्पनीको आधारभूत सेयरधनीहरुबाहेकका अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गरेको छ।

गत माघ १ गते प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सबीच बराबरी हैसियतमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।

योसँगै अब भोलिबाट यी कम्पनीको सेयर कारोबारमा आउनेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स