रसुवामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया

रसुवा । बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले रसुवा जिल्लाको कालिका गाउँपालिकामा यही माघ १५ गते आइतवार बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा कालिका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्य र कर्मचारी, शिक्षक, बीमा अभिकर्ता, बीमकका प्रतिनिधि, कृषक लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले बीमा अभिकर्ताले सत्य जानकारी नदिने, झुठ्ठा विवरण उपलब्ध गराउने र आफ्नो स्वार्थमा मात्र केन्द्रित भएर काम गर्ने गरेको गुनासो गरे ।

गाउँपालिकाका पशुस्वास्थ्य प्राविधिक बुद्धिनाथ न्यौपानेले गाउँपालिकाले कृषि बीमाशुल्कमा १० प्रतिशत अनुदान दिने गरेको जानकारी दिए । साथै, उनले बीमा दाबी भुक्तानी झन्झटिलो रहेको, बीमा कम्पनीले कुखुराको बीमा नगरेको, बाख्राको बीमा गर्दा दुर्घटना वापत लिने गरेको रकम बढी भएको र बीमाशुल्क भन्दा बढी रकम लिने गरेको जस्ता गुसानाहरु आउने गरेको जानकारी दिए ।

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमा दाबी भुक्तानी सरल बनाउन र स्वच्छ एवम् पारदर्शीरुपमा बीमा व्यवसायलाई अघि बढाउन बीमा कम्पनीहरुलाई प्राधिकरणले निर्देशन दिएको बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले बीमा सम्बन्धी प्रस्तुती गर्नुभएको थियो भने सहायक प्रथम शिव प्रसाद खनालले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स