प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने निर्णयसहित सिटिजन लाइफको ५ औं साधारणसभा सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले प्रिमियम मूल्यमा सर्वसाधारणलाई सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सेयर (आईपीओ) निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । यसका साथै अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

सभाले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, ईक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनूसुचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम कम्पनी रजिष्टारको कार्यालयबाट आर्थिक वर्ष २०७८/०७९ को लागि कम्पनीको लेखापरीक्षकमा जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्टस् (वर्तमान लेखापरीक्षक) लाई गरिएको नियुक्ति अनुमोदन गरेको छ ।

सभाले कम्पनीको सन्चलाकमा नियुक्त भएका दाबा फूटी शेर्पा र अभिनव ज.व.राणाको नियुक्ती अनुमोदन गरेको छ । साथै स्वतन्त्र सञ्चालक बीमा समितिका पूर्व कार्यकारी निर्देशक श्रीमान कार्कीको नियुक्त अनुमोदन गरेको छ ।

सभा आज अलोफ्ट छायादेवी कम्प्लेक्स, ठमेल काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेको प्रमुख अध्यक्षतामा ५ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स