काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७८/०७९ को नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले आव २०७८/०७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार २० रुपैयाँदेखि अधिकतम ७० रूपैयाँसम्म बोनस पाउनेछन् ।
१. कम्पनीले सावधिक तथा सामुहिक जीवन बीमालेख
कम्पनीले यस बीमालेख अन्तर्गत ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३२ रुपैयाँ बोनसदर घोषणा गरेको छ ।१० देखि १४ वर्ष अवधिको लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३८ रुपैयाँ निधारण गरेको छ भने २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँ छ भने यसै पोलिसीको ३० वा सोे भन्दा बढि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ निर्धारण गरेको छ ।
२. सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेख
कम्पनीले यस बीमालेख अन्तर्ग ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३२ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ र ३० वर्ष वा सो वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ७० रुपैयाँसम्म बोनसदर निधारण गरेको छ ।
३. अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
यस बीमालेखमा कम्पनीले न्यूनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म बोनस दर तोकेको छ । जसमा १० वर्षदेखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ३५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ४८ रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको ६३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
४. वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख (बाल किरण)
यस बीमादेखमा कम्पनीले न्यूनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म बोनस दर तोकेको छ । जसमा १० वर्षदेखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ४४ रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
५. वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता)
कम्पनीले यस जीवन बीमालेखको सबै अवधिमा ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।